- भूमिराज पराजुली
दमक / दमक नगरपालिकाले पहिलो पटक जारी गरेको पूर्ण लक डाउन सम्बन्धीको सूचनामा दमकमा रहेका अस्पताल तथा स्वास्थ्य सेवा दिइरहेका सबै सस्थाहरुको ओपीडि सेवा पनि बन्द गर्न आह्वान गरेको थियो । सोहि आह्वान पछि दमकमा रहेका आधम दर्जन निजी अस्पतालहरुले इमेर्जेन्सि बाहेकका सबै सेवा बन्द गराए । निश्चित चिकित्सक र स्वास्थ्यकर्मी मात्र अस्पतालमा बोलाए । बाँकीलाई अर्को निर्णय नभएसम्मका लागि घर बस्न अनुरोध गरे । यहाँ कार्यरत चिकित्सकहरुले घर बाटै पनि बिरामीको सेव ागर्न पाउने व्यवस्थ मिलाएको छ । जसमा निजी तथा सरकारी सबै चिकित्सकहरुको नाम र सम्पर्क नम्वर समेत दमक नगरपालिकाले नियमती रुपमा प्रकाशन गर्दै आएको छ ।
बिषम परिस्थिती भएकाले अति आवश्यक र जटिल बाहेक चिकित्सीकीय सेवा लिन अस्पताल तथा अन्य मेडिकलमा जान नपरोस भनेर नगरपालिकाले बिषयगत चिकित्सकहरुको नाम, बिषेशज्ञता, सम्पर्क नम्वर सहितको विवरण सार्वजनिक गरिरहेको नगरपालिकाकी उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताईन । तर त्यसको उपयोग न नागरिकले गर्न जाने न चिकित्सकरुले नै त्यसको पालना गर्न र गराउन सके । कमिसन आफ्नो शुल्कको लोभमा यस्तो संक्रमणको समयमा पनि जेसिज चोकस्थित दमक फार्मेसिले ओपीडि सेवा सञ्चालन गरि रह्यो । सोह फार्मेसीका सञ्चालकलाई नै शनिबार कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि संक्रमणको जालो कहाँ देखि कहाँ सम्म पुग्यो भनेर पहिचान गर्न झन गाह्रो परेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमक फार्मेसीले बढी औषधि बेच्ने लोभ र चिकित्सकले आफ्नो शुल्क लिने स्वार्थका कारण कोरोनोको जोखिम झन बढेको भन्दै स्थानीय नागरिकले चिन्ता व्यक्त गरेका छन् । फार्मेसीमा संक्रमण देखिएपछि दमक चोकमा सञ्चालनमा आएका सबै मेडिकल तथा फार्मेसि स्वःस्फूर्त बन्द भएका छन् ।
एकै दिन १७ जना संक्रमित
दमकमा समुदायकासहित १६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा विद्युत प्राधिकरणका ७ जना , जनपद प्रहरी ८ जना र एकजना औषधी व्यवसायी रहेका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमितमध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । यसअघि संक्रमण देखा परेका विद्युत प्राधिकरण दमक वितरण केन्द्रका कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा सोही कार्यालयका ६ जना कर्मचारी र एकजना क्यान्टिन संचालकलाई आज कोरोना पुष्टि भएको हो । त्यस्तै दमक फार्मेसीका संचालकलाई पनि संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए ।त्यस्तै आन्तरिक सरुवाका क्रममा विराटनगरबाट दमक आएका ८ जना जनपद प्रहरीलाई पनि संक्रमण देखिएको छ ।
ती प्रहरी विराटनगरबाट आएर ड्युटीमा नगई क्वारेन्टाइनमा बसेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । कन्ट्याक्ट ट्रेसिङका क्रममा २२७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा त्यसमध्ये १७ जनाको रिपोर्ट पोजिटिभ आएको र १४ जनाको रिपार्ट आउन बाँकी रहेको अधिकृत भट्टराईले बताए ।शुक्रबार दमकमा एकजना शिक्षकलाई संक्रमण पुष्टि भएको थियो । यससंगै दमकमा अहिलेसम्म ६७ जना संक्रमित भएका छन् । तीमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत भट्टराईले बताए ।
एक हप्ता लकडाउन थपियो
पहिलो चरणमा आंसिक लक डाउन गरेको दमकले दोस्रो चरणमा तरकारी पसल र खाद्यन्न पसल समेत बन्द गर्ने गरि कडा लक डाउन गरेको थियो । यो अवधिमा पनि कोरोनाको जोखिम कम नभएको र समुदाय स्तरमा पुग्ने क्रम नरोकीएकोले भदौ १३ गते सम्ममा यहि शैलिको लक डाउन अवधी थप्ने निर्णय भएको नगर प्रमुख रोमना ओलीले बताए । अझै तरकारी र खाद्य पसल नखोल्ने गरिको लक डानउन गरिएको छ । औषधि बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय भएको उनले बताए । औषधि पसलमा पनि संक्रमण देखिएकाले औषधि बाहेकका अन्य कुनै पनि कारोबार र र सेवा पूर्णरुपमा निषेश गरिएको जनाइएको छ ।औषधि ब्यवसयीले अनिवार्य मास्क र पञ्जा लगाउने र सामाजीक दुरी कायम गर्ने गरिको पसल अगाडी रेखाङकन गर्ने वा कुनै संकेत चिन्ह अनिवार्य लगाउनु पर्ने समेत बैठकले निर्णय गरेको छ । अन्य कुनै पनि पसल, बित्तीय संस्था तथा , सरकारी कार्यालय एवं सार्वजनकि सस्थानहरु अर्को निर्णय नभए सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताईन ।
साउन ३२ गते बिहान ८ बजे देखी भदौ ६ गते रातको १२ सम्मको लक डाउन शनिबार रातीबाट सकिपछि लक डाउनको अवधि थपीएको हो । कोरोनाको जोखिम र संक्रमण थप नफैलियोस भन्नका लागि गरिएको लक डाउनको अवधीमा झन धेरे संक्रमित बढे । थपीएको संक्रमितहरु अधिकांश समुदाय स्तरका हुन । यो अवधिमामा मात्र १७ जनामा कोरोनाको संक्रमण देखियो । १७ जना मद्ये ८ जना क्वारेण्टाईनमा बसेका हुन भने अन्य ९ जना समुदाय स्तरका हुन । बिभिन्न सरकारी कार्यालय, संस्थान, बित्तीय संस्था र घरैमा बसेका बिरामीहरुहरुमा संक्रमण देखिएको दमक क्वारेण्टाईन सञ्चालन तथा व्यवस्थपन समितीका सदस्य सचिव कुबेर भट्टराईले बताए । यो अवधिमा अर्थात एक हप्तामा ४ सय ३२ जनाको स्वाज संकलन गरिएको थियो । जसमद्ये २ सय १३ जनाको रिपोर्ट आयो । अझै अन्यको रिपोर्ट आउँन बाकी रहेको छ । अहिले पनि दैनिक जसो स्वाव संकलन भै रहेको दमक नगरपालिकाले जनाएको छ ।