ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १२ हजार ६ सय २१ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
हाल सम्म निकाे हुनेकाे संख्या १८ हजार ३ सय ५० पुगेकाे छ । मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ९ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय ४६ पुगेकाे छ ।