धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका धरानका एक कोरोना संक्रमितको मृत्यु आज भएको छ ।
धरान १५ का ६७ बर्षीय वृद्धको आज निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
मृतकको स्वास्थ्य अवस्था नाजुक भए पछि शुक्रबार प्लाज्मा थेपारी विधिबाट पनि उपचार गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतक उच्च रक्तचापको दीर्घ रोगी थिए । उनललाई श्वास प्रश्वासको समस्या रहेको थियो । मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आए पछि अस्पताल भर्ना गरिएको थियो ।
यस अघि धरानमा एक महिलाको मृत्यु भएको थियो । धरानमा कोरोनाले मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
प्रतिष्ठानमा यस अघि प्लाज्मा थेरापी गरेका धरान–१५ कै व्यवसायीको भने स्वास्थ्य सुधार आएको प्रतिष्ठानले जनाएको छ ।