मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा भाद्र ८ गते सम्म लकडाउन थपिएको छ । मोरङ जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि मिक्लाजुङ गाउँपालिका क्षेत्रमा प्रकोप फैलन नदिन श्रावण २८ गते राति १२ बजे देखी जारी लकडाउन भाद्र ८ गते सम्म लम्बिएको हो ।
यस अघी श्रावण ३२ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाले श्रावण ३२ गते बाट भाद्र ५ गते सम्म लकडाउन लम्व्याएको थियो ।
मिक्लाजुङ गाउँपालिकामा कोभिड १९ संक्रमण जोखीम न्युनीकरण तथा व्यवस्थापनका लागि गठित समिति सि.म.सि. को शुक्रबार बसेको बैठकले भाद्र ८ गते राती १२ बजे सम्म अत्यावस्यक बाहेकका अन्य सेवा बन्दा बन्दी गर्ने निर्णय गरेको छ ।
लकडाउन अवधिभर गाउँपालिका भित्र अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहने र चाड पर्वहरु समेत घरमै बसेर मनाउन भनिएको छ । घर बाहिर ननिश्कन र निस्कनै परे अनिवार्य माक्सको प्रयोग गरी सुरक्षीत रहन मिक्लाजुङ गाउँपालिकाले अनुरोध गरेको छ ।