• मोहन श्रेष्ठ

कोरोनाको कहर सँगै तीज पर्व मनाउदैछन् महिला दिदी बहिनीहरु । कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण तीव पर्व दिदी बहिनीहरुले राम्ररी मनाउन पाएनन् । टाढा माईती हुनेहरु त माईती जान पनि पाएनन् । दर पनि गत वर्ष जस्तो खान पाएनन् । दर भनेको दह्रो गरेर खाने वा मिठो मसिनो टन्न खाने हो । वजार बन्द छ । खाद्यन्न, मिढाई र मासु पसल पनि राम्ररी खुलेको छैन । शहर वजारमा बस्नेहरुलाई त खासै समस्या नहोला । तर गाँउ ठाँउमा त बस्नेहरुलाई समस्यै छ । खोजे जस्तो चिजविज पाईदैन । विगतका वर्षहरुमा महिनै अघि देखि हर्ष उल्लासका साथ मनाउने गर्दथे । तर यस वर्ष धेरैको तीज खल्लो र निरस बनेको छ । यस्तो अवस्थामा पनि जे जस्तो सकिन्छ त्यसरी नै मनाएको लायन्स क्लव अफ बुढासुब्बाकी च्याप्टर प्रेसिडेन्ट अम्बिका घिमिरे आचार्यले बताइन ।

उनले भने धेरै दिदीहिनीहरुको तीजमा हरियो चुरा, रातो पोते, छड्के तिलहरी, साडी चोलो साथै फेसन यूक्त पहिरनमा सजिएर छमछमी नाच्ने धोको पनि पुरा भएन । कोरोनाको महामारी नभएको भए यतिवेला सवै तीजमय हुने थियो । घर घरमा मात्र होईन चोक चोकमा अनि संघ संस्था, समूह र राजनीतिक पार्टीहरुले पनि तिज मनाउथे । तीज सनातन धर्मी खस महिलाहरुको विशेष पर्व हो । तर सवै जाती जनजाती र धर्मालम्बीहरुले समावेशी भएर तीज पर्व मनाउछन् । चोकमा समुहमा तीज मनाउनेहरुले पनि यस वर्ष घरभित्रै मनाएर चित्त बुझाउनु परेको धरान १८ की मेरिना उपाध्यायले प्रतिकृया दिइन ।

पौराणिक कथा अनुसार पार्वतीले महादेव पति पाउन घर समेत त्याग गरेर निरआहार वत्र्त बसेपछि महादेव पति पाउन सफल भएकी थिइन रे । त्यसै दिन देखि तीज पर्व मनाउन शुरु गरिएको भन्ने कथन छ । तीज पर्व भाद्र शुक्ल द्वीतिया देखि ऋषी पञ्चमी सम्म ४ दिन सम्म मनाईने गरिन्छ । पहिलो दिन दर खान्छन् । दोस्रोदिन व्रत वस्छन् तीज मनाउछन् । तेस्रो दिन गणेश, शिव पार्वतीको पूजा गर्छन र चौथो वा ऋषि पञ्चमीमा सप्तऋषिहरु सहित ऋषिपत्नीहरु आरधाना गरिन्छ ।

अविवाहितहरुले असल पति पाऊ भनि यो ब्रत बस्छन् । विवाहितहरु पतिको दिर्घायू र परिवारको स्वास्थय र समृद्धिका लागि यो व्रत वस्ने गर्दछन् । तीजको अघिल्लो दिन दर खाने दिन हो । दरमा विभिन्न मिठाई, खीर, ढकने, कुरौनी, फलपूmल, आलुदम लगायत अडिला कुराहरु सेवन गर्ने चलन छ । विवाहित महिलाहरु माईतीको निम्तोमा दर खान पुग्दछन् । विवाह भएर गएको घरमा भोग्नु परेको दुख पीडा गितकै माध्यमबाट पोख्छन, नाच्छन्, गाउँछन् र रमाईलो गर्दछन् । अनि नयाँ स्फुतिका साथ घर समाल्हन फर्किन्छन् । माईत जान नपाएकाहरु चेलीहरु आफुनो दुःख पीडा पनि गीतबाटै पोख्ने गर्दछन् । तीज एउटा संस्कार मात्र नभएर सभ्यता पनि हो । यसलाई नरीवादी चाडको रुपमा पनि लिईन्छ । तीज पर्र्व महिला स्वतन्त्रता र अधिकारको दृष्टीकोणले पनि लिन थालिएको छ । हिजोका दिनहरुमा तीज र दरखाने चलन तडक भडक, खर्चिलो र भड्किलो भयो भन्दै आलोजना हुदै आएको थियो । पर्व यस वर्ष त राम्ररी मनाउन पनि समस्या भएको छ ।

महिलाहरुले आफ्नो पति र परिवारको दिर्घायु र शुस्वास्थ्यको कामना गर्छन । यसमा पूरुषहरुले पनि आफ्नो पत्नी र परिवारप्रति आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ ।