संखुवासभा । सदरमुकाम खाँदबारीको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आईसोलेसन प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका सूचना अधिकारी सुजता पौडेलले बताए ।
उनका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको छ । अहिले आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।
तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।