ब्लाष्टखबर । दुहबी नगरपालिका ३ वटा उद्याेगमा कार्यरत १० जना सहित ११ जना कर्मचारीमा काेराेना संक्रमण प्रष्टि भएकाे छ ।

जसमा प्रिमियम स्टिल प्रा.ली.मा ७ जना, पुर्बान्चल डिस्टिलरी प्रालीमा ३ जना र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा १ जना रहेका छन् । संक्रमितहरू मध्ये उद्याेगका कार्यरत कर्मचारीमा सुनसरीका ६ जना माेरङका २ जना,  २ जना भारतीय नागरिक रहेकाे नगरपालिकाकाे स्वास्थशाखाले जनाएकाे छ ।  । २  गते गरिएकाे स्वाव संकलनका क्रममा उद्याेगमा कार्यरत कर्मचारी बहेक नगरपालिकाकाे वडा नम्बर ६ का एक पुरूषमा पनि संक्रमण पुष्टि भएकाे शाखाले जनाएकाे छ । 

संक्रमितहरू मध्याे गढि गाउपालिकाकी १ महिला, काेशी गाउपालिकाका १ पुरूष, इटहरीका १ पुरूष, दुहवीका ४ का २ पुरूष, पथरीशनिश्चरेका १ र बुढिगंगा १ पुरूष रहका छन्, भने २ भारतिय नागरिक रहकाे शाखाले जनाएकाे छ ।  

यो सगै दुहबीमा जम्मा कोरोना संक्रमितहरुको संख्या ६१ पुगेको छ ।