विराटनगर/ विराटनगर-६ सरोचियास्थित ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । घरकै होमआइसुलेशनमा रहेकाे संक्रमित पुरूषको बिहीबार राती ८ बजे मृत्यु भएको वडाअध्यक्ष बिजय कामतले जानकारी दिए ।
भदौ ३ गते मृतक पुरूषालाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसुलेशन खाली नभएपछि संक्रमित पुरूष घरकै होमआइसुलेनमा रहेका थिए । दिर्घरोगी रहेका संक्रमित पुरूषलाई श्वाप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडाअध्यक्ष कामतले बताए ।
घरकै होमआइसोलेशनमा मृत्यु भएको प्रेदशमा यो पहिलो घटना हो । संक्रमित राखेर उपचार गर्ने आइसोलेशन भरिएपछि महानगरपालिका भित्र ३ सय ४१ जना होम आइसोलनमा छन् । संक्रमितको संख्या ७ सय ४५ रहेको छ । यो संगै विराटनगरमा कोरोना संक्रमण कारण मृत्यु हुने संख्या ९ पुगेको छ ।