धरान/ धरानमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–१५ पुष्पञ्जली मार्ग घर भएकी २९ बर्षीय एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुति विभागमा कार्यरत रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
यस अघि प्रतिष्ठानकाे एमआइसियुमा १ महिला संक्रमित पाइएपछि त्यस विभागमा काम गर्ने ६ जना नर्समा संक्रमण देखिएको थियो ।
उनीहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा ती नर्सले भदौ ३ गते बीपी प्रतिष्ठानमा स्वाब परीक्षण गराएकी थिइन् । उनलाई आजै आइसोलेसनमा राखिने प्रमुख मेहताले बताए ।