ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा २ सय ६४ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । याे संगै निकाे हुनेकाे संख्या १७ हजार ९ सय ६४  पुगेकाे छ ।  हाल ११ हजार ४ सय ५५  जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।

मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ६ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय २६ पुगेकाे छ ।