ब्लाष्टखबर । प्रदेश १ मा आज १ यस ४२ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे २९ जना पुरूष र १३ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि सुनसरीमा १२ जना, माेरङमा १० जना तेह्रथुममा ९ जना   उदयपुरमा ३ जना, झापामा १ जना र प्रदेश १ बाहिरका ६ जना रहेका छन् ।

संक्रमण देखिएकाहरू मध्य धरानमा ३ महिला र ३ पुरूष गरि ६ जना, काेशी गाउपालिकामा ४ जना पुरूष, रामधुनी र दुहवीका १–१ पुरूष रहेका छन् । 

माेरङकाे सुन्दरहरैचामा १ हिला र ५ पुरूष गरी ६ जना, बुढि गंगामा २ महिला र २ पुरूषगरी ४ जना, तेह्रथुमकाे म्याङ्गलुङमा ३ महिला र ६ पुरूष गरी ९ जना, उदयपुरकाेत्रियुगामा १ महिला र २ पुरूष गरी ३ र झापाकाे गाैरीगंन्ज र धनकुटाकाे सहिदभुमीका १–१ जना पुरूषमा काेराेना काे संक्रमण पुष्टि भएकाे छ । त्यस्तै प्रदेश १ बाहिरका  महेत्तरीका २ महिला, सर्लाहिका १ महिला र १ पुरूष,  धनुषाका २ पुरूष रहेका छन् । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।