धनकुटा । धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सहिदभूमि गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमिका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।

यअसघि पनि जिल्ला पहिलो पटक स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएको थियो । धनकुटामा हालसम्म संक्रमितको संख्या १८ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यासँगै जिल्ला प्रशासन कार्यालयले थप सात दिन लकडाउन अवधि बढाएको छ ।