दमक । झापाको दमकमा नै कोरोना विषेश अस्पताल बन्ने भएको छ । दमकमा दैनिक जसो कोरोनाका संक्रमित बढ्न थालेपछि दमकमा देखिएका संक्रमितलाई दमकमै व्यवस्थापन गर्ने गरि दमकमा आइसुलेशन बेड सहितको कोरोना बिषेश अस्पताल निर्माणको काम थालीएको छ ।

दमक २ स्थित भुटानी शरणार्थी शिविरमा आइओएमले शरणार्थीको स्वास्थ्य परिक्षणका लागि प्रयोग गरेको भवनमा कोरोना बिषेश अस्पताल बनाउन सुरु गरिएको दमक नगरपालिकाले जनाएको छ । नगरकी उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले तत्कालका लागि सामान्य बेड र दैनिक चिकित्सकको निगरानी गराउने गरिको तयारी थालीएको बताईन ।

दमकमा कोरोनाको जस्तो लक्षण देखिएका, बिरामी भएकाहरुलाई चिकित्सकहरुले टेलिफोन मार्फतनै सेवा दिदै आएका छन् । त्यसरी सेवा लिनेहरुमा कोरोनाको लक्षण सँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा बिरामीको घरैमा पुगेर स्वाव संकलन समेत गर्दै आएको छ । यसै क्रममा दमक ५ र दमक ९ का २ जनाको कोरोना परिक्षणका क्रममा रिपोर्ट समेत पोजेटिभ देखिएको थियो । दुवै जनालाई अहिले धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा पठाइएको छ । अवस्थामा केहि सुधार आउँदै गरेको दमकनगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले बताए ।

पछिल्लो सयममा कोरोना बिषेश अस्पतालमा बेडको अभाव हुने गरेको भन्दै अस्पतालले संक्रमित बिरामी लिन नमानेपछि नगरपालिकाले आफै आइसुलेशन अस्पतालको संरचना बनाउन सुरु गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । पछिल्लो समय अस्पतालमा उपचाररत संक्रमित बिरामीको मृत्यू समेत हुने गरेकोले थप जोखिम बढ्न थालेपछि दमकका संक्रमितलाई दमकमै राख्ने गरिको व्यवस्था मिलाउन पनि आवश्यक देखिएको प्रमुख ओलीले बताए ।

पछिल्लो समय संक्रमण देखिएकाहरुको मृत्यू कोरोनाको कारणले मात्र नभएर अन्य रोग र दिर्घरोगीको मृत्यू भै रहेको छ । कोरोना बिषेश अस्पतालमा सबै संक्रमितलाइ एकै ठाउँ राखीने भएकोले अन्य रोगबाट प्रताडीत भएकाहरुले सहज रुपमा उपचार नपाएका हुन कि भन्ने महसुस गरेर पछि त्यसैको कारणले ज्यान सक्ने भन्दै दमकमा बिभिन्न रोगका बिषेशज्ञ सहितको टोलले चरणबद्ध उपचारमा सहयोग गर्ने बताएपछि बेग्लै कोभिड अस्पताल बनाउन सुरु गरिएको नगरपालिकाको भनाई छ ।

दमकमा रहेका सबै निजी अस्पतालका चिकित्सक र अस्पताल संचालकहरुसँगको छलफल र सहयोग गर्ने प्रतिवद्धतापछि नगरपालिकाले यो कदमक चालेको बताइएको छ । यहाँ रहेका लाईफलाईन अस्पताm , निम्स नेशनशल हस्पिटल, एडभान्स हस्पिटल , आम्दा अस्पताल, दमक हस्पिटल एण्ड रिसर्च सेन्ण्टर, दमक अस्पताल लगायतका अस्पतालका सञ्चालक, चिकित्कसको सामुहिक भेला र छलफलले दमकमा कोरोना बिषेअ स्पताल सञ्चालन गर्न सहयोग गर्ने जनाएपछि बेग्लै अस्पताल बनाउने कामको सुरु भएको हो ।

सो अस्पतालका लागि आवश्यक पर्ने अन्य उपकरणका लागि प्रदेश सरकारसँग समन्यव भै रहेको जनाइएको छ । अहिले दमक अस्पतालमा एउटा भेण्टिलेटर पनि रहेको तर त्यो सञ्चालनमा नआइ थन्किएर बसिरहेको छ । भेण्टिलेटर इन्सटल गर्ने र सञ्चालन गर्ने प्राविधिक नभएका कारण सो भेण्टिलेटर काम बिहिन भएर बसेको उप प्रमुख अधिकारीले बताईन । इन्सटल गर्ने प्राविधिक लक डाउनले गर्दा आउन नसकेका कारणले गर्दा ढिलाई भएको उनको भनाई छ । दमक नगरपालिकाले बनाउँदै गरेको कोभिड बिषेश अस्पतालमा थप ४ वटा भेण्टिलेटरको पनि माग गरिएको र सो स्विकृत भै सकेको पनि उनले जानकारी दिईन । त्यसका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि केन्द्रिय र प्रदेश सरकारकासँग समन्वय भै रहेको अधिकारीले बताईन ।

त्यसै गरि आम्दा अस्पतालको होष्टल पनि अहिले खाली रहेकोले त्यसलाई पनि नगरपालिकाले आवश्यक ठानेमा कोरोना बिषेश अस्पतालका रुपमा प्रयोग गर्ने प्रस्ताव अस्पतालसँग राखेको उप प्रमुख अधिकारीले बताईन । अस्पतालमा अहिले कुनै पनि पठन पाठन नभएका कारणले गर्दा सो होष्टल खाली रहेकोले त्यसलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने योजना रहेको तर तत्काल निर्णय भै नसकेको अस्पताल श्रेतले जनाएको छ । हालसम्मा दमकमा कोरोना संक्रमितको ४९ संख्या पुगेको छ ।