ब्लाष्टखबर । धरान १८ मा भाद्र २ गते गरिएकाे स्वाब परिक्षणमा संलग्न सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार १८ नम्बर वडामा पटक–पटक काेराेना संक्रमणका घटनाहरू देखिएपछि गरिएकाे मास स्वाब संकलन सहभागी भएका ४४ जनाकै पिसिआर परिक्षण रिपाेर्ट नेगेटिभ आएकाे हाे । 

संक्रमित व्याक्तिहरूकाे सम्पर्क आएका तथा सम्पर्कमा आएकाहरूकाे घरमा काम गर्ने लगायत संकास्पदहरूमा गरिएकाे परिक्षणकाे रिपाेर्ट आज आएकाे बताउदै मेहताले कसैलाई पनि संक्रमण नभेटिएकाे बताएका छन् । 

२ गते स्वाब संकलन गराउनेमा वीपी प्रतिष्ठानमा उपचारकालागी आएकी उदयपुरकी महिला बसेकाे हाेटल संञ्चालकका कर्मचारी सहित  ३८ पुरूष र ६ महिला गरी ४४ जनाले स्वाब संकलन गराएका थिए । 

मेहताले आज पनि धरान १४ मा ७४ पुरूष र १८ महिला गरी ९२ जनाकाे स्वाब संकलन गरीएकाे र एन्फा एकेडेमीकाे क्वारेन्टाइनमा रहेकाहरूकाे स्वाब संकलनकाे तैयारी भइरहकाे बताएका छन् । 

उनका अनुसार एन्फा क्वारेन्टाइनमा १० जना हाेटल क्वारेन्टाइनमा ७ जना र १२ जना हाेम क्वारेन्टाइनमा रहेका छन् ।