ब्लाष्टखबर । भारतमा पछिल्लाे २४ घण्टामा हाल सम्मकै सर्वाधिक संख्यामा काेराेना संक्रमण पुष्टि भएका छन् । बिहिबार बिहान अाएकाे २४ घण्टाकाे रिपाेर्टमा ६९ हजार ६ सय ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे त्यहाकाे स्थानिय संञ्चार माध्यमले जनाएकाे छ । याे संगै भारतमा संक्रमितकाे संख्या २८ लाख ३६ हजार पार गरेकाे छ। करिब २१ लाख संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । 

भारतमा मृत्याे हुनेकाे संख्या ५४ हजार रहेकाे छ । बुधबार भारतमा ९ सय ७७ जना संक्रमितकाे मृत्यु भएकाे छ ।