ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा १२० जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । याे संगै निकाे हुनेकाे संख्या १७ हजार ७ सय पुगेकाे छ । हाल ११ हजार १ सय १८ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ६ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय २० पुगेकाे छ ।