धरान । चौधरी ग्रुपको ‘चाैधरी फाउण्डेशन’ ले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कोभिड अस्पताललाई पोर्टेबल भेन्टिलेटर प्रदान गरेको छ ।

चौधरी ग्रुप अन्तर्गत फाउण्डेसनका बरिष्ठ प्रबन्धक रामजी कट्वालको नेतृत्वमा आएको टोलीले अस्पतालका सहायक अस्पताल निर्देशक प्रा.डा. दिलीप ठाकुरलाई भेन्टिलेटर प्रदान गरेको हो । फाउण्डेशनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । देशभरका अस्पतालहरूलाई वितरण गर्ने क्रममा बीपी र कोशी अस्पताललाई प्रदान गरिएको हो ।

धरानको एक सय बेडको कोभिड अस्पतालमा ९ वटा भेन्टिलेटरसहितको सुविधा रहेको छ । १५ वटा आइसियु बेड रहेको सहायक अस्पताल निर्देशक ठाकुरले जानकारी दिए । बीपीमा जेठ ८ गतेदेखि कोरोना सङ्क्रमितलाई उपचार गर्दै आइरहेको छ । कोभिड अस्पताल भने वैशाख १४ गते सञ्चालनमा आएको थियो ।