विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना संक्रमण दिनप्रतिदन बढदै गएको छ । विराटनगर महानगरपालिका भित्र आठ सय नजिक संक्रमित पुगेका छन् । विराटनगर भित्र पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० रहेका छन्  ।

बुधबार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी विराटनगर २ मा देखिएको छ । सो वडामा ५ पुरुष र ४ महिला गरि ९ जना संक्रमित रहेको सामाजि विकास मन्त्रालयले जनाएको छ । विराटनगर ५ मा पाँच पुरुष र ३ महिला गरि ८ जना रहेका छन् । विराटनगर ६ र ८ वडा भित्र ६–६ जना संक्रमित रहेका छन् ।  विराटनगर १५ मा ३ महिला र १ पुरुष गरि चार जना र विराटनगर १३ मा तीन जनालाई संक्रमण देखिएको छ ।

यस्तै विराटनगर १, ३, ९, ११ र १७ वडामा २–२ जना संक्रमित थपिएका छन् । विराटनगर ४, ७, १२, १४ र १६ मा १–१ जना संक्रमित रहेका छन् । एक जना संक्रमित वडा नखुलेको रहेको छ ।  

५२ नयाँ संक्रमित थपिएसँगै विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या ७ सय ४३ जना पुगेका छन् । विराटनगर  भित्र ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।