ब्लाष्टखबर । प्रदेश १ मा आज १ यस २३ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ९० जना पुरूष र ३३ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा ६७ जना, सुनसरीमा ३७ जना,  झापाका १६ जना,  पाँचथरमा १ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका २ जना रहेका छन्। 

संक्रमण देखिएकाहरू मध्य माेरङकाे विराटनगरमा ३२ पुरूष र २० महिला , बुढिगंगामा १ महिला र १ पुरूष, रंगेलीमा ५ महिला र ४ पुरूष, मिक्लाजुङ्गमा १ पुरूष, कानेपाेखरीमा १ पुरूष, धनपालथान १ पुरूष र कटारीमा १ महिला रहेका छन् ।

त्यस्तै, सुनसरीकाे धरानमा २ पुरूष, दुहवीमा ३ महिला र ८ पुरूष, हरिनगरका १ महिला र १२ पुरूष, बर्जुमा १ महिला र ४ पुरूष, इटहरीमा ४ पुरूष र रामधुनीमा २ पुरूष रहेका छन् । 

झापाकाे भद्रपुरमा ३ जना पुरूष, दमकमा ८ जना पुरूष, विर्तामाेड, कचनकवाल र कमलमा १–१ जना  रहेका छन् भने अन्य २ जनाकाे ठेगना नखुलेकाे मन्त्रालयले जनाएकाे छ । पाँचथरका १ पुरूष रहेका छन भने १ महिला र १ पुरूष गरी २ जना भारतिय नागरीकमा पनि संक्रमण पुष्टि भएकाे छ ।