ब्लाष्टखबर । विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत धरानकी एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुने धरान १५ दशरथ पथकी ७१ वर्षीय महिलाकाे रहेकी छिन् ।
मृतक महिलालाई खाेकी लाग्ने तथा स्वास प्रश्वासमा समस्या देखिनुका साथै ज्वराे आउने समस्या देखिएकाेमा उचारकाे क्रममा आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् । सापकाेटाका अनुसार ती महिलामा लामाे समयदेखी दम र मुटुको समस्या भएकाेले उपचार भइरहेको थियो ।
उनि उपमहानगरले रेन्डम पिसिआर चेक अन्तरगत विपि प्रतिष्ठानमा साउन २० गते स्वाब संकलन गरिएकाेमा २३ गते संक्रमण पुष्टि भएकाे र २४ गती प्रतिष्ठानकाे आइसाेलेसनमा भर्ना गरी भएकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । उनिसंगै उनकाे छाेरी र नातिनीमा पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनिहरूकाे प्रति भल्व र क्रन्ज फिटनेससंग सम्बन्ध देखिएकाे थियाे ।
मृतककाे शवकाे अन्त्यष्ठि काेशी राजमार्ग अन्तरगतकाे सेउती पुल देखी माथी सेउती खाेला पट्टिकाे जङ्गलमा गरिने तयारी भइरहकाे मेहताले बताएका छन् ।