विराटनगर/ १ नम्बर प्रदेश प्रहरी कार्यालय र प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ४४ जना प्रहरीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका भित्र मंगलबार ९६ जनालाई संक्रमण देखिएको मध्ये प्रदेश प्रहरी र गणमा कार्यरत ४४ जना प्रहरीलाई कोराना संक्रमण देखिएको हो ।

विराटनगर-१२ मा मंगलबार ५० जना संत्रमण देखिएको मध्ये ४४ जना प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरीमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य निरीक्षाक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए ।

‘प्रदेश प्रहरी कार्यालय विराटनगर १२ मा पर्ने भएकोले यस वडामा आज ५० जनामा संक्रमण देखिएको हो,’ उनले भने, ‘बाँकी ६ जना अरु स्थानियमा देखिएको छ ।’

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले केही प्रहरीलाई संक्रमण भएको बताए । ‘यकिन संख्या आइनसकेकोले केही प्रहरीमा संक्रमण देखिएको हो,’ उनले भने, ‘संक्रमित प्रहरीलाई आइसोलेशनमा राखिनेछ ।’