धरान / धरानका एक व्यावसायीमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान–८ बरगाछी घर भएका विजयपुर हस्पिटलमा उपचाररत ६७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । छातीको समास्या भए पछि उनलाई एक साता अघि अस्पताल भर्ना गरिएको थियो ।
निमोनियाले च्यापे पछि शंकालागि उनको मंगलबार प्रतिष्ठानको हेल्प डेक्सबाट स्वाब संकलन गरिएको थियो ,। उनलाई वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पताल आज भर्ना गरिने भएको छ ।
उनको पसलबाट धरान निर्माण सामाग्री सप्लाई हुदैं आएको थियो । उनीकोपसलमा आउजाउ बढि हुने भएकाले धेरै स्थानीय संक्रमित हुने सक्ने बताइएको छ । कन्ट्राक्ट ट्रेसिङबाट अन्य परिवार र कामदारहरुको स्वाब संकलन गरि परीक्षण गरिने मेहताले जानकारी दिए ।