विराटनगर । विराटनगर महानगरपालिका भित्र ५० जनासहित प्रदेश १ मा मंगलबार ९८ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ६४ जना पुरूष र ३४ जना महिला संक्रमित थपिएका हुन् ।

विराटनगरमा २९ पुरूष २१ जना महिला संक्रमित रहेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये दुई जना पत्रकार छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिका सम्पादक मोहन भण्डारीलाई संक्रमण पुष्टि भएको छ । यस्तै पत्रकार जितेन्द्र ठाकुरलाई पनि संक्रमण देखिएको छ । विराटनगरमा संक्रमित पत्रकारको संख्या ६ पुगेको छ ।

यस्तै मोरङको बुढीगंगा १० जना पुरूष र बेलकारीमा १ जना पुरूषमा संक्रमण देखिएको हो । यस्तै सुनसरीमा १८ जनामा संत्रमण पुष्टि भएको छ । सुनसरीको देवानगञ्जमा ३, धरानमा ४, दुहबीमा ७ र हरिनगर र इनरुवामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।