धरान l धरान उपमहानगरपालिकाको उमेयर मञ्जु भण्डारीसहित उनको सबै परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी साता दिन देखि हाेम क्वारेन्टिनमा थिइन ।

उपमहानगरपालिकाको एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा उमेयर भण्डारी सहित उनको श्रीमान, ७ बर्षीय छोरी र आमाको गत शनिबार स्वाब संकलन गरीएको थियो ।