धरान । आज ३३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २३३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको मन्त्रालयले जनाएको छ । १६४९३ जना निको भएर घर फर्केका छन् ।