विराटनगर  / मोरङमा १६ जनासहित प्रदेश १ मा सोमबार ४२ जनामा कोरोना संक्रमण देखिएका छन् ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३६ पुरूष र ६ महिला गरि ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
विराटनगरमा सोमबार ८ जना पुरूष र १ जना महिला गरि ९ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरमा एक जना न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण रिपोट अनुसार मोरङ अदालतमा एक जना न्यायाधीशमा संक्रमण देखिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । मोरङ प्रहरीमा कार्यरत एक जना प्रहरी निरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशसहित चार जनाले स्वाब दिएका थिए । अदालतका अन्य तीन जना कर्मचारीको रिपोट नेगेटिभ आएको अदालतले जनाएको छ ।

यस्तै मोरङको धनपालथानमा २ पुरूष, १ महिला, पथरीमा १ पुरूष र सुन्दरहरैचनामा ३ पुरूषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उत्ता सुनसरीमा १४ जनामा संक्रमण देखिएको छ । धरानमा ७ पुरूष, २ महिला, इटहरीमा १ पुरूष र रामधुनीमा ४ पुरूषमा कोरोना देखिएको हो । यसैगरि झापामा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालये जनाएको छ । भद्रपुरमा २ पुरुष, १ महिला, गौरदहमा पाँच जना पुरुष, कमल गाउँपालिककामा १ जनामा संक्रमण देखिएको छ । यस्तै धनकुटामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा ४२ जना नयाँ संक्रमित थपिएसँगै सोमबारसम्म १ हजार ४ सय ६५ जनालाई कारोना देखिएको छ ।

मोरङ               १६

सुनसरी              १४ 

झापा                 ९ 

धनकुटा              १

खाेटाङ              १

सिराह                १

जम्मा                ४२

p1