ब्लाष्टखबर/ धरानमा आज ९ जना कोरोना संक्रमित पुष्टी भएको छ ।

कोरोना सङ्क्रमितहरूमा धरान-१० का २ जना महिला १६ र २० वर्षीय युवती, धरान-६ का २७ वर्षका २ जना पुरुष, धरान-१३ का ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान-१५ का २९ वर्षीय पुरुष, धरान-१६ का २७ वर्षीय पुरुष र धरान-१९ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

तीमध्ये ४ जना भारतीय सेनामा रहेकोले उनीहरु एन्फा क्यावरेन्टाइनमा बसेका छन् । उपमहानगरपालिकाले हालसम्म १ हजार ९ सयजनाको पिसीआर टेष्ट गरका छन् ।

ती मध्ये ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिए।