धरान  /नेपालमा संक्रमतको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज ३७८ जना संक्रममित थपिएका छन् ।  आज तीन जना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा एक जना, पर्सामा एक जना र काठमाडौको टोखाका एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।