ब्लाष्टखबर । अक्टूबरबाट देशव्यापीरूपमा काेराेना भाइरस विरूद्धकाे जन खोप कार्यक्रम सुरू गर्ने घाेषणा गरेकाे रूसले १८  अगस्त अर्थात् बुधबार  खोप दर्ता गर्न सक्ने बताएकाे छ । 
 
मस्कोको गेमलेइ सेन्टर विश्वको पहिलो कोरोनाभाइरस खोप दर्ता गर्न सक्ने रुसका उप स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले बताएकाे आरटी डटकममा ले बताएकाे छ ।
 
आरटी डटकमले ग्रिडनेभलाइ उद्ध्रित गर्दै गेलेली केन्द्रमा विकसित खोपको दर्ता बुधबार दर्ता हुने बताएकाे हाे । समाचारमा स्वास्थ्य मन्त्रालयले एक आधिकारिकले विज्ञप्ति जारी गरी क्लमेली परीक्षणबाट डाटा सहित गेमेली केन्द्रले बनाएको खोप दर्ताका लागि आवश्यक कागजातहरू जाँचिएकाे जनकारी गराएकाे उल्लेख गर्दै खाेप दर्ताको मुद्दा परीक्षाको नतीजामा फैसला हुनेपनि जनाएकाे छ । 
 
खाेपकाे १८ जुनमा मस्काेकाे सेचेनाेभ विश्वविद्यालयमा क्लिनिकल परीक्षण शुरू भएकाे बताइएकाे छ । जसमा ३८ जना स्वयंसेवकहरूकाे अध्यायनबाट सुरक्षा प्राेटेकल पारीत गरिएकाे थियाे । खाेप परिक्षणमा भाग लिने सबैमा संक्रमण प्रतिरोधात्मक क्षमता विकास गरेका बताइएकाे छ ।