मोरङ / विराटनगरका ३ पत्रकारमा कोरोना संक्रमण भएको छ । फ्रन्टलाइनमा काम गर्ने तीन क्रियाशिल पत्रकारहरुमा कोरोना संक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेलले जानकारी दिए ।
विराटनगरमा शुक्रबार राती आएको स्वाब परिक्षण रिपोर्टमा उनीहरुसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो बिराटनगरमा ३३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा साँझ तीन पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।
शुक्रबार एकैदिन ५५ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । उनिहरुमध्ये ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शुक्रबार बेलुका थप २२ जना संक्रमित थपिएका हुन ।