विराटनगर / विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित मध्ये विराटनगर २ नम्बर वडाका सबैभन्दा बढी रहेको पाइएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित देखिएको मध्ये विराटनगर २ मा पाँच जनालाई संक्रमण देखिएको हो । विराटनगरस्थित न्यूरो हस्पिटलका २ जना कर्मचारीलाई थप कोरोना संक्रमण देखिएको छ ।

अस्पतलाका प्रशासन तर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ । यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । यस अघि मोरङ सहरीमा एक जना चिकित्सक सहित पाँच जना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोट अनुसार विराटनगर ३ मा ४ जना, ४ मा १ जना, ५ मा ३ जना, ६ मा १ जना, ७ मा १ जना , ९ मा ४ जना, १० मा १ जना, ११ मा १ जना, १३ मा १ जना, १४ मा १ जना, १५ मा १ जना र बाँकी रहेको विराटनगर मात्र ठेगना उल्लेख गरेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।