ब्लाष्टखबर । प्रदेश १ मा आज १८ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे १३ जना पुरूष र ५ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा १४ जना, इलाममा २ जना, सुनसरीमा १ जना र उदयपुरमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

माेरङकाे विराटनगरमा ४ महिला र ६ पुरूष, सुनवर्शीमा  ३ पुरूष र धनपालथानमा १ पुरूष रहेका छन् ।

त्यस्तै, इलामकाे सुर्याेदयका १ र  इलाम नगरपालिकाका १ जना पुरूषमा संक्रमण भेटिएकाे मन्त्रायलले अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ । सुनसरीकाे धरानमा १ पुरूष र उदयपुरकाे त्रियुगामा १ महिलामा पनि संक्रमण देखिएकाे उपडेटमा उल्लेख गरीएकाे छ ।

मन्त्रालयले प्रदेश १ मा ५७ जना काेराेना संक्रमित निकाे भएर घर फर्केकाे जानकारी दिएकाे छ । जसमध्याे २६ जना माेरङका, झापाका १६ जना सुनसरी र इलामका ६–६ जना र धनकुटा, उयदपुर र तेह्रथुमका १–१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लाे आज ६१६ जनामा गरिएकाे  परिक्षणमा १८ जनामा संक्रमण देखिएकाे हाे । 

प्रदेश १ मा हाल सम्म ४७ हजार ३ सय ८४ जनामा गरिएकाे परिक्षणमा १ हजार १ सय ८९ जनालाइ काेराेना संक्रमण देखिएकाे छ । 

विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज थप १३ जना काेराेना संक्रमित भर्ना गरीएकाे मन्त्रालयकाे अपडेटमा उल्लेख गरीएकाे छ । जसमा २ महिला र ११ पुरूष रहेका छन् । याे संगै ६६ जना प्रतिष्ठानमा काे अइसाेलेसना रहकाे उक्त अपडेटमा उल्लेख गरिएकाे छ ।