धरान / खानेपानीको मुहान क्षेत्र तोडफोडमा संलग्न भएको आरोपमा हर्क सामपाङलाई प्रहरीले पक्राउ गरेको छ ।
कारबाहीका लागि धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका किटानी जाहेरी दिए पछि तत्काल घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

'हर्क साम्पाङ र खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठसहितका व्यक्ति विरुद्ध किटानी जाहेरी आएको थियो । खानेपानीको मुहान जस्तो ठाउँको तोडफोड भएकाले जाहेरीको तत्काल कार्यन्वय गरेका छौं ।’–डिएसपी बस्नेतले भने । सरकार कर्मचारी भएकाले रामकुमार श्रेष्ठलाई पनि नियन्त्रणमा लिन प्रक्रिय अगाडी बढाइएको डिएसपी बस्नेतले जानकारी दिए । उनलाई सार्वजनिक सम्पनि हानी नाेक्सानीकाे मुद्धा चलाइने प्रहरीले जनाएकाे छ ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा आज अवेर बसेको बैठकले तोडफोड गर्नेहरुको विरुद्ध जाहेरी दिने निर्णय भए पछि आज साँझ जाहेरी दिएको बोर्डका व्यवस्थापक राजु पाखरेलले जानकारी दिए ।
खानेपानीको मुहान जस्तो सम्बेदनशिल क्षेत्रमा आफुखुशी पुगेर तोडफोड गर्नु र खानेपानी संस्थानकै प्रमुखको संलग्नताले धरानवासीको खानेपानी मुहान असुरक्षित भएकोले जाहेरी दिइएको थियो ।

धरानको खानेपानी मुहान क्षेत्रमा भएको तोडफोडका विषयमा सर्वत्र विरोध हुदैं आएको छ । संस्थानका प्रमुख श्रेष्ठको उपस्थितिमा तोडफोड हुदाँ धरानबासीको खानेपानीको मुहान असुरक्षित भएको भन्दैं विभिन्न राजनीतिक पार्टीले विज्ञप्ति जारी गरि भत्सर्ना गरेका थिए ।
सोमबार हर्क साम्पाङसहितको ३०–४० जनाको समूहमा पुगेको टोलीले एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनाको धरान–१३ फुस्रेस्थित स्याण्ड फिल्टरमा आउने पाइपलाइन तोडफोड गरेका थिए । उनी उपनिर्वाचनमा मेयरको पदमा स्वतन्त्रबाट चुनावसमेत लडेका थिए । खानेपानीमा भ्रष्टचार भएको भन्दैं समुह बनाए विरोध गदैं आएका थिए ।