धरान / धरानको खानेपानी मुहान क्षेत्रमा भएको तोडफोडका विषयमा नेपाली काङ्ग्रेस धरान नगर समिति र जनतासमाजवादी पार्टीले पनि भत्र्सना गर्दै कारबाहीको माग गरेको छ ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्न नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठ र संयुक्त खानेपानी सङ्घर्ष समितिका संयोजक हर्क साम्पाङको समूहलाई कारबाहीको माग गरिएको हो । खानेपानीका विषयमा चित्त नबुझेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाहरू हुँदाहुँदै भौतिक रूपमै इन्टरकनेक्सन तोडफोड गरिनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी उपसभापति महेन्द्र तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,–‘जनताको विरोध गर्ने, ज्ञापन पत्र बुझाउने, खबरदारी गर्ने लोकतान्त्रिक अधिकारहरूलाई हाम्रो पार्टी सदैव सम्मान व्यक्त गर्दछ तर कानूनलाई हातमा लिएर गलत कार्य गर्ने, र खानेपानी जस्तो संवेदनशील क्षेत्रमा भौतिक क्षति पु¥याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कडाइका साथ कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछौं ।’

पार्टीले भविष्यमा यस्ता खाले गतिविधि गराउने जोकोहीलाई कडा कारबाही गर्न जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । सर्दु–खर्दुको मुहान क्षेत्रमा पुगेर जुन खाल्का हर्कत कानूनी राज्यको बर्खिलापमा रहेकाले कडाभन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

समाजवादकिा नगरअध्यक्ष ताजुक लिम्बुले पनि विज्ञप्ति जारी गरि एडिविको परियोजनाको विषयमा कुरा उठे पनि खानेपानकिोमुहानमा पुगेर तोडफोड गर्नु निन्दनीय भएको बताएका छन् ।

विरोधको नाममा भएको यस खाले गैरजिम्मेवार कामको पार्टीले निन्दा गरेको छ । घटनामा संलग्नलाई कडा कारवाही गदैं खानेपानी आयोजनाको विवाद तत्काल सुल्झाउन विज्ञप्तिमा भनिएको छ ।
सोमबार हर्क साम्पाङसहितको ३०–४० जनाको समूहमा पुगेको टोलीले एसियाली विकास बैङ्क –एडिबी) को ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनाको धरान–१३ फुस्रेस्थित स्याण्ड फिल्टरमा आउने पाइपलाइन तोडफोड गरेका थिए ।

यता साम्पाङले भने सातादिनदेखि धरान–१८, १९ क्षेत्रमा पानी नआएकाले पाइपलाइन खुस्काइदिएको बताएका थिए । उनले खानेपानीका प्रमुख इञ्जिनियर श्रेष्ठसहितलाई लिएर गएर पाइपलाइन खुस्काएको स्वीकार गरेका थिए । तर, खानेपानीका प्रमुख श्रेष्ठले आफूले साम्पाङको टोलीलाई पाइपलाइन नखुस्काउन आग्रह गर्दा पनि नमानेको दाबी गरेका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले पाइपलाइनमा क्षति पु¥याएको देखिएकाले कानून बमोजिम  कारबाही हुने बताए । उनले बेलुका जाहेरी अाएकाेबताउदै‌ ताेडफाेड गर्नेहरुकाे खाेजी भइरहेकाे इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।