धरान / नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुखकै अगुवाइमा धरानस्थित सर्दुखोला मुहानको पाइपलाइन तोडफोड भएको विषयमा नेपका धरानले ध्यानाकर्षण भएको जनाएको छ । संस्थानको धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठ र स्थानीय हर्क साम्पाङ राईसहितको २५/३० जनको समुहले धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको पाइपलाइन फुटाइदिएको बोर्ड व्यवस्थापक राजु पोखरेलले जनाएका छन् ।

आज उपमहानगर अध्यक्ष नारायण सुवेदी र सचिव सदर्शन श्रेष्ठले विज्ञप्ति जारी गरि खानेपानीजस्तो सम्बेदनशिल विषयमा तोडफोड र अवरोध उचित नभएको बताएका छन् । संख्यान कै प्रमुखको उपस्थितिमा भएको तोडफोडको गम्भीर ध्यानकर्षण भएको भन्दैं तोडफोडमा संलग्नलाई कारवाहीकाे माग गरेका छन् । खानेपानी मुहानमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको अवस्थामा तोडफोड हुनुले मुहान सुरक्षित नभएको अध्यक्ष सुवेदीले बताए ।

‘खानेपानीको मुहानमा अराजक व्यक्तिको प्रवेश गराई तोडफोडको सृर्जना गरेको हुदाँ खानेपानी संस्थानका प्रमुख रामकुार श्रेष्ठलाई विभागीय कारवाही गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ ।
यता हर्क साम्पाङले भने तोडफोड नभई पाइप मात्र खुस्काएको बताउदैं आएका छन् ।

धरानमा खानेपानी संस्थानकै प्रमुखको उपस्थितिमा खानेपानीकाे पाइपलाइन तोडफोड

nekapa