पथरी/ रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरूमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पथरी शनिश्चरे–२ स्थित होटल साल्पामा छायाङ्कन गरिएको भिडियोमा गायक र गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको सङ्गीत दीपराज नेयोङ्हाङ लिम्बू, एरेञ्ज अशोक थापा र मिक्सिङ र मास्टरिङ चन्द सिंहले गरेका छन् ।

आधुनिक प्याटर्नको सो गीतको रचना तथा निर्देशन मौसम परिवर्तन लिम्बूले गरेका छन् भने क्यामेरा सम्पादन र कलर मुहासिंह थापा मगरले गरेका छन् ।