भरौल / भारतबाट आएका रामधुनी १ नं वडाका स्थानिय ३ जनामा शनिवार संक्रमित पोजेटिभ भेटिएसँगै वडामा उच्च जोखिम बढेको छ । भारतबाट बिभिन्न मितिमा आएर झुम्का क्वारेन्टाइनमा रहेका २२ जनालाई पिसिआर परीक्षण गर्दा शनिवार वडा नं १ का ३ जनामा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयले सर्तकता अपनाएको छ ।

वडाको ३ जनामा भेटिएको संक्रमित भारतबाट आएर चार दिन घरमा रहेर मात्र झुम्का क्वारेन्टाइनमा बसेका थिए । उनीहरु क्वारेन्टाइनमा आएपछि मंगलवार २२ जनालाई स्वाब संकलनगरी पिसिआर परीक्षण गर्न प्रदेश कोभिड–१९ परीक्षण केन्द्र बिराटनगर पठाएको थियो । सो को नतिजा शनिवार आउदा वडामा उच्च जोखिमको अवस्था रहेको छ ।

संक्रमित ब्यक्ति चार दिन सम्ममा घरपरिवार वा स्थानियमा सम्पर्कमा आउन सक्ने भएकोले वडाको जुन टोलको ब्यक्तिमा पाएको छ त्यस टोलमा शिलगरी सतर्कता अपनाउदै स्थानियमा पिसिआर परीक्षण गर्ने वडाअध्यक्ष महेश चौधरीले बताए ।

उच्च जोखिम भए संगै सतर्कता र सावधानिका लागी वडामा तत्कालै भिडभाडहुने जस्ता कार्यहरु बन्द गर्न भनिएको छ । शनिवारे, बुधवारे हटिय बजार बन्द गरिने भएको छ भने पसलहरुमा सुरक्षा अपनाएर कार्य गर्न हाइअलर्ट गरिएको वडाअध्यक्ष चौधरीले बताए ।

वडामा संक्रमित भएको पाउदा वडावासीहरुमा स्वस्थय चुनौती रहेको भन्दै यसबाट सावधानी रहनु पर्ने वडाअध्यक्ष महेश चौधरीले अनुरोध समेत गरेका छन् ।

शनिवार भेटिएको संक्रमितलाई मोरंग गोठगाउँको कोभिड–१९ उपचारकेन्द्र पठाई सकेको जानकारी दिएका छन् । संक्रमित देखिए लगतै उपचार केन्द्र पठाउने गरेको स्वस्थ्य शाखाका नगेन्द्र पौडेले बताए ।
उनीहरुमा समान्य रुघाको लक्षण देखिएको जनाए । वडा नं। १ को ३ जनामा संक्रमित सहित झुम्का क्वारेन्टाइनमा संक्रमितको संख्या ९ जना पुगेको पौडेलले जानकारी दिए । वडा नं १ को हकमा भेटिएको संक्रमितहरु तीन चार दिन घरमा बसेर मात्र क्वारेन्टाइन आएकाले वडामा उच्च जोखिम बढेको बताइएको छ । यसबाट वडावासीहरु सावधानी हुनै पर्ने रामधुनी स्वस्थ्य शाखाका नगेन्द्र पौडेलले आग्रह गरेका छन् ।