ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ ।   जम्मा संक्रमितहरूमध्याे ७० दशमलव ६ प्रतिसत काेराेना संक्रमित निकाे भएर फर्केका छन्  । मन्त्रालकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता  प्रा.डा. जागेश्वर गौमलले बताएका छन् ।

आज बारा जिल्ला परवाणीपुर गाउँपालिका कि १७ वर्षीय किशाेरीकाे मृत्यु भएकाे गौतमले बताएका छन् । याे संगै हाल सम्म नेपालमा ४५ जना  काेराेना संक्रमितकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

 

त्यस्तै, प्रदेश १ मा आज विरटनगर मा २ महिला र १ पुरूष , पथरिशनिश्चरेमा ३ पुरूष, इनरूवामा २ पुरूष, खोटाङकाे दिक्तेल र तेह्रथुमकाे म्याङलुङ्गमा १ –१  जना पुरूष गरी जम्मा १० जनामा काेराेना संक्रमण देखिएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।