- मदनबाबु प्रसाई
उर्लाबारी / रतुवामाई नगरपालिकाले वडा नं.–८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र शुरु गरेको छ । शुक्रबार रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले त्रिवेणी चौकमा उक्त स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै नगरवासीमा सहज र निशुल्क स्वास्थ्य सेवा पु¥याउने अभियान अन्र्तगत सवै वडामा स्वास्थ्य सेवा केन्द्र संचालन गरेको बताएका छन ।
वडा नं.– ८ का जेष्ठ सदस्य तिलक सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरकी उपप्रमुख दमयन्तादेवी चुडाँल, स्वास्थ्य संयोजक संन्तोषकुमार साहलगायतका वक्ताले आधारभुत स्वास्थ्य केन्द्रले वडाका नागरिक लाभन्वित हुने बताएका थिए ।
नगरका १० वडा मध्ये ५ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र, ४ वटामा स्वास्थ्य चौकी र एउटा वडामा नगर अस्पताल रहेको नगर प्रमुखको सचिवालयका प्रतिनिधी प्रदिप पराजुलीले बताएका छन । १ सय ४४ बर्ग क्षेत्रफल भएको उक्त नगरमा ५५ हजार ३ सय ८० नागरिक बसोबास गर्दै आएका छन ।