ब्लाष्टखबर । प्रदेश १ मा पछिल्लाे २४ घण्टामा ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ अधिकृत रञ्जु रेग्मीले बताएकी छिन् ।

उनले ३२ जना पुरूष र १ महिलामा संक्रम देखिएकाे बताएकी हुन् । रेग्मीका अनुसार सबैभन्दा धेरै झापामा २४ जना पुरूष र १ महिलामा संक्रमण देखिएकाे छ । काकडभिट्टामा १७ पुरुष र १ महिला, बाह्रदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष रहेका छन् । त्यस्तै विराटनगरमा १ पुरुष, रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष र धनकुटाको महालक्ष्मी गाउपालिकामा १ पुरुषमा संक्रमण देखिएकाे हाे । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ जस मध्याे १ सय २६ महिला र ७ सय ४० पुरूष रहेका छन् ।  आजज पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ जना डिस्चार्ज भएका छन् । जस मध्याे झापाका १ जना, सुनसरीका ३ जना, इलामका ५ जना र उदयपुरका ३ जना रहेकाे  रेग्मीले बताएकी छिन् । 

 प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ ।