ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ३३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार ३ सय ३७ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । आज १ सय ७ जना काेराेना संक्रमित निकाे भएर घर फर्कीएकाे मन्त्रालयका  प्रवक्ता  प्रा.डा. जागेश्वर गौमलले  जनाएका छन् । याे संगै नेपालमा १२ हजार ९ सय ४७ जना काेराेना संक्रमित निकाे भएर घर फर्केका छन् । 

आज काेराेना संक्रमित थप १ जनाकाे मृत्यु भएकाे प्रवक्ता गौमलले जनाउका छन् । उनका अनुसार पर्षा जिल्ला विरगञ्ज महानगरपालिका कि एक महिलाकाे मृत्यु भएकाे हाे । याे संगै हाल सम्म नेपालमा ४४ जना  काेराेना संक्रमितकाे मृत्यु भएकाे पुष्टि भएकाे छ