झापा । फर्निचर तथा फनिसिङ व्यवसायी महासंघ झापाले रक्तदानसँगै एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
महासंघको छैटौ स्थापना दिवसको अवसर पारेर झापाकोे कनकाई माईमा कोरोना भाइरस परिक्षण गर्ने पिसिआर ल्याव स्थापनाको लागि रकम सहयोग र रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

फिर्निचर तथा फर्निसिङ व्यवसायीहरुलले बिर्तामोड र दमकमा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गर्दै पिसिआर ल्याव स्थापनाका लागि रकम प्रदान गरेको महासंघका अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । सोहि अवसरमा झापाका फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले संकलन गरेको ५१ हजार रुपैयाँ एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीलाई हस्तान्तरण गरेको जनाइएको छ ।

महासंघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमा बिर्तामोडमा ३७ र दमकमा ४१ पिन्ट रगत संकलन गरेको अध्यक्ष गिरीले बताए । महासंघले माईपश्चिमको दमक र माई पूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको थियो ।

बिर्तामोडमा भएको रक्तदान कार्यक्रममा महासंघका केन्द्रिय सचिव राजकुमार दाहाल, केन्द्रिय सदस्य खगेन्द्र खरेल, झापाका पूर्व वरिष्ठ उपाध्यक्ष ओमभक्त प्रसाई, वरिष्ठ उपाध्यक्ष रोहित आचार्य, उपाध्यक्ष हिमाल ओली, सचिव दिनेश सुवेदी, सहसचिव, गोविन्द सिटौला, कोषाध्यक्ष मानबहादुर कटुवाल, पूर्व जिल्ला सचिव छत्रवहादुर कार्की, जिल्ला सदस्य लीला वन, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, रेडक्रस बिर्तामोड शाखा अध्यक्ष सजेश शिवाकोटी, विरता लेडि जेसिजकी अध्यक्ष सुश्मा पौडेल महासचिव संगीता गिरीलगायतको उपस्थिति थियो ।