विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि बिहीबार अनिश्चितकालको लागि अस्पतला शिल गरेको छ । अर्को निर्णाय नहुने दिनसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कार्कीको अनुसार अस्पताल शिल गरिएको संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने जानकारी दिए । ‘कन्ट्रयाक ट्रेसिङ्गदेखि अस्पताल पूरै सेनिटाइजि गरिनुपर्ने हुन्छ,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘अर्को निर्णाय नभएसम्म अस्पताल शिल गरिएको हो ।’ कार्कीका अनुसार अस्पताल भर्ना भएका सम्पूर्ण विरामी र कार्कीको सम्र्पकमा रहेकाहरू पनि स्वाब संकलन गरिने जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार रातीदेखि सम्र्पक विहीन बनेका संक्रमितलाई बिहीबार दिउँसो साढे ११ बजे सम्र्पकमा आएका छन् । संक्रमण पुष्टि भएको ३८ घण्टापछि विराटनगर महानगरपालिको सम्र्पकमा आएको जन– स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
संक्रमति देखिएको चिकित्सकको अस्पतालबाट स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको थियो । पिसिआर प्रविधीबाट गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोट आएपछि मंगलबार रातीदेखि सम्र्पकविहीन बनेका थिए ।
स्वाब संकलनको क्रममा उनको पूरा नाम र प्रष्टसँग ठेगाना र सम्पर्क नम्बर पनि लगत टिपाएको कारणले संक्रमित फेला पार्न समस्या भएको थियो । संक्रमित सम्र्पकबिहीन बनेपछि मोरङ प्रहरी र महानगरपालिकाले खोजी कार्य तिव्र बनाएको थियो । ‘सम्पर्कविहीन बनेका संक्रमितलाई खोज्न प्रहरी र महानगरपालिकाले निक्कै मेहनत गर्नु प¥यो,’ जनस्वास्थ्थ महाशाखा प्रमुख कार्कीले भने, ‘बिहीबार दिउँसो साढे ११ बजे संक्रमित आफैले फोन गरि महानगरपालिकाको सम्र्पकमा आएका छन् ।’
अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको कुरा बाहिरिएमा बिरामी नआउने र अस्पताल नचल्ने तथा बन्द गर्नुपर्ने स्थिति हुने भन्दै उनलाई अस्पतालले प्रशासनले लुकाएर बुझिएको छ ।