काठमाडौं । आज नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौमलले जानकारी थिए । प्रदेश १ मा मात्र १३ मा संक्रमिण देखिएको छ ।