ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् ।
आज २ सय ७ जना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज हुनेहरूकाे संख्या १२ हजार ६ सय ८४ जना पुगेकाे डा. गौतमले जनाएका छन् । उनले ५ हजार ३ सय ६८ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।
आज धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जनकपुरका ६० वर्षिय १ पुरूष र त्रिवि शिक्षण अस्पतालमा ४९ वर्षीय चिनिया महिलाकाे मृत्यु भएकाे प्रवक्ता प्रा. डा. गौतमले बताएका छन् । याे संगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ४२ जन पुगेकाे छ ।
प्रदेश १ मा आज ११ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमा धरानका ४ विराटनगरका ३ जना, सिरिजङ्घा, पाथिभरा याङ्वरक र सिदिंवा गाउँपालिकाका १ –१ जना पुरुष र झापाका १ पुरूष रहेका छन् ।