ब्लाष्टखबर । धरानस्थित विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भारतबाट परीक्षा दिन आएकी एक छात्रालाई  काेराेना संक्रमण पुष्टि भएकाे छ ।

एमबिबिएस पाँचाै वर्षकाे फाइनल प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी एक छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले १ सय ४५ बढि विद्यार्थीलाई प्राक्टिकलकाे लागि बाेलाएकाेमा ३६ जना छात्राकाे स्वाब परीक्षण गर्दा १ जना छात्रामा काेराेना संक्रमण देखिएकाे हेस्टेल वार्डेन डा.इन्द्र लिम्बुले बताएका छन् । उनका अनुसार प्रतिष्ठानले विद्यार्थीहरूलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको थियाे ।

लिम्बुले संक्रमण नदेखिएका अन्य ३५ जनाला पुन: क्वारेन्टाइनमा राखिने बताएका छन् । उनले भने ' संक्रमित देखिैएपछि आइसाेलेसनमा स्थानान्तारण गरिएकाे छ । नेगेटिभ रिपाेर्ट आएका हरूलाई पनि थप क्वारेन्टाइनमा राखिएकाे छ ।  '