ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

आज ५८ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ११ हजार ६ सय ९५ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ५ हजार ९ सय २३ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।