धरान  / धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नाममा रहेको पेस्की बेरुजु नगरसभा लगतै फछाैंट गर्ने प्रतिवद्धता जनाए पछि आज कार्यपालिका बैठक बसेको छ ।
गत शुक्रबार मेयरको नामा २ लाख ४१ हजार उपनगरपालिकाको पेस्की बेरुजी देखिएको समाचार प्रकासित भए पछि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । बहिस्कार गर्नेहरुमा नेकपाबाट विजयी हुने सदस्यहरु थिए ।

आइतबार मेयर तिलक राईले काम गरे पनि आफ्नो नाममा पेस्की बेरुजु देखिएको स्वीकादैं आथिृक बर्षको चटारो सकिने वितिकै फरफराक गर्ने प्रतिवद्धता जनाए पछि कार्यपालिका बैठक भएको वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । बैठकले असार ३० र ३१ गते नगरसभा सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

‘मेयर ज्युले पेस्कीबारे अवगत गराउनु भयो । आर्थिक बर्षको काम सकिने वितिकै फरफराक गर्ने र कागजपत्र जुटाइरहेको जानकारी गराउनु भयो । उहाँले पेस्कीबारे जानकारी गराउने ब्लाष्ट दैनिकलाई धन्यवाद पनि दिनु भएको छ ।’– अर्थ तथा सार्वजनिक लेखा समिति संयोजकसमेत रहेका इवारमले भने–‘अव यहाँको नेतृत्वमा उपमहानगरको सबै पेस्की बेरुजु रकम फरफराक हुन्छ ।’ कतिपयले आइतबारदेखि नै पेस्की रकम बुझाउन थालेको समेत अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक इवारमले जानकारी दिए ।

गत विहीबार ब्लाष्ट दैनिकमा मेयर राईको पेस्की बेरुजुको विषयमा समाचार पैकासित भएको थियो । राईले २०६२÷२०६३ सालमा बुद्धचोक बुद्ध प्रतिमा निर्माणको नाममा पटक पटक गरि २ लाख ४१ लाख रकम उपमहानगरबाट पेस्की लिएर फछौंट नगरेको विषयमा समाचार प्रकासित भएको थियो ।