धरान / लकडाउनको अवधी धरान क्षेत्रमा रहेका १५ सय यातायात मजदुर परिवारलाई राहत वितरण गरिएको छ ।
विभिन्न दाताहरुको समन्वयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले हालसम्म १५ सय मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

संगठनले विभिन्न संघ संस्थाहरु, व्यक्तिसँगको सहकार्यमा चामल, तेल, दाल, न्यूटेला, नुनलगायतका सामाग्री वितरण गरेको हो । चैत ११ गतेदेखि सार्वजनिक यातायातका साधान ग्यारेजमा थन्किएका छन् । ती सवारीमा काम गर्ने यातायात मजदुरहरु समस्यामा परेका कारण संगठनको पहलमा खाद्यान्न वितरण गरिएको संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए ।

यातयात मजदुरहरु दिन भरी गाडीमा काम गरेर विहान बेलुका परिवारको छाक टादैं आएका थिए । गाडी नचले पनि उनीहरु बेरोजगार बनेका छन् । उनीहरुको समस्यालाई मध्यनजर गरेर ग्यारेजहरुमा खोज्दैं उनीहरुलाई दाल चालमको व्यवस्था गरिएको संगठनले जनाएको छ ।

धरानका मजदुरहरुलाई राहतका लागि धरान उपमहानगरका १५ नं. वडाध्यक्ष नरेश इवारमले व्यक्तिगत रुपमा सहयोग गरेको संगठनले जनाएको छ ।
सरकारले बाढेको राहत मजदुरहरुका लागि अप्रयाप्त भएकाले देशभरका मजदुरहरुका लागि संगठनको पहलमा राहत वितरण गर्ने काम भएको संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।

bhim g