लक्ष्मीमार्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएको छ । बेलबारी वाड न. ५ का वर्ष २२ का एक युवकमा कोरोना संक्रमित देखिएको हो ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको दिल्लीबाट घर फर्केका उक्त युवकलाई असार ९ गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । बेलबारीबाट १८ जनाको स्वाब सङ्कलन गरेर असार १७ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।

पिसिआर विधिबाट भएको परीक्षणमा १७ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिर्पोट आएको बेलबारी नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिले बेलबारीको क्वारेनटाइनमा ५० जना रहेकाा छन् ।

बेलबारी क्वारेनटाइनबाट ९९ जना घर फर्किएका छन् भने १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले जनाएका छन् । बेलबारीवासीलाई अझ धेरै सावधान रहन बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले आग्रह गरेकी छन् ।